News Griha :: न्यूजगृह
स्थानीय तह उपनिर्वाचनका लागि रास्वपाले गर्‍यो उम्मेदवारी आह्वान
स्थानीय तह उपनिर्वाचनका लागि रास्वपाले गर्‍यो उम्मेदवारी आह्वान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी आह्वान गरेको छ। स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचनको तयारी गरेको छ। त्यसैका लागि बिहीबार उम्मेदवारी आह्वान भएको हो।
उपनिर्वाचन परिचालनका लागि रास्वपाले तोक्यो सात नेता
उपनिर्वाचन परिचालनका लागि रास्वपाले तोक्यो सात नेता बुधबार बसेको केन्द्रीय निर्वाचन संयोजन समितिको बैठकले सांसद निशा डाँगीलाई कोशी प्रदेश निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी तोकेको हो।
उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसले दियो १० नेतालाई जिम्मेवारी
उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसले दियो १० नेतालाई जिम्मेवारी नेपाली कांग्रेसका १० जना नेताहरूले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्ने भएका छन्। महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले १० जना नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो।
अमेरिकी राष्ट्रपतिमा विजयी ट्रम्पलाई राष्ट्रपति पौडेलको बधाई
अमेरिकी राष्ट्रपतिमा विजयी ट्रम्पलाई राष्ट्रपति पौडेलको बधाई राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएलगत्तै सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिएका हुन्।
सरकार सञ्चालन गर्न कांग्रेस र एमालेले बनाए ८ सदस्यीय संयन्त्र
सरकार सञ्चालन गर्न कांग्रेस र एमालेले बनाए ८ सदस्यीय संयन्त्र सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन्।एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको बताए।
धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त
धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई राजदूत  नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 
रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ
रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार जारी गरेको विज्ञप्तिमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको बताएका हुन्।
विवादमा तानिएका कोशीका आन्तरिक मामिला मन्त्रीले दिए राजीनामा
विवादमा तानिएका कोशीका आन्तरिक मामिला मन्त्रीले दिए राजीनामा अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका थिए। मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।
कांग्रेसले टुङ्ग्यायो गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष उम्मेदवार
कांग्रेसले टुङ्ग्यायो गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा पासाडिकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
स्थानीय तह उपनिर्वाचन: कुन-कुन पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन?
स्थानीय तह उपनिर्वाचन: कुन-कुन पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन? आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ।
राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने
राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने वाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप २९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान जाने भएका छन्।
दीपक मनाङेको सांसद पद के हुन्छ?
दीपक मनाङेको सांसद पद के हुन्छ? सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त हुने भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३ अनुसार उनले सांसद पद गुमाउने भएका हुन्।
Weather Update