कोप-२९ मा सहभागी हुन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदैआइतबार, कात्तिक २५, २०८१

रास्वपाले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन शनिबार, कात्तिक २४, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि माओवादी केन्द्रले मेची–महाकाली अभियान चलाउने शनिबार, कात्तिक २४, २०८१ मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने बताउँदै व्यवस्था परिवर्तनको सुरुवाती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताए।

उपनिर्वाचन : यी हुन् एमालेका उम्मेदवार शनिबार, कात्तिक २४, २०८१ सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ।

७५३ वटै पालिकामा खबरदारी सभा गर्ने प्रचण्डको घोषणा शनिबार, कात्तिक २४, २०८१ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका ७५३ वटै पालिकामा सरकारविरुद्ध खबरदारीसभा आयोजना गर्ने घोषणा गरेका छन्।

भेडाहरूको सङ्गत गर्दागर्दै माओवादी पनि भेडाजस्तै भइसक्यो : प्रचण्ड शनिबार, कात्तिक २४, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसलाई भेडाको संज्ञा दिँदै माओवादी पनि त्यस्तै भइसकेको बताएका छन्।वाईसीएल थाहा नगरपालिका मकवानपुरको दोस्रो नगर अधिवेशनमा प्रचण्डले पुराना संसदीय पार्टीहरूको सङ्गतले बिगारेको बताएका हुन्।

दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक : एमाले शनिबार, कात्तिक २४, २०८१ शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बद्लिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको हो।

मानव तस्करी मुद्दामा मुछिएका सांसद अधिकारी पार्टीबाट निलम्बित शनिबार, कात्तिक २४, २०८१ मानव तस्करी मुद्दामा जोडिएपछि नेकपा एमालेका प्रदेश सांसद लिलाबल्लब अधिकारी पार्टीबाट निलम्बित भएका छन्। शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन्।

एमाले सचिवालय बैठक बस्दै शनिबार, कात्तिक २४, २०८१ नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन शुक्रबार, कात्तिक २३, २०८१ शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए।

सुनुवाइ समितिमा कांग्रेस सांसद ढुंगानाले पोखे वरिष्ठतम् न्यायाधीश मल्लप्रति आक्रोश शुक्रबार, कात्तिक २३, २०८१ सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लप्रति सत्तारुढ कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले आक्रोश व्यक्त गरेका छन्।विगतमा राजनीतिक दलका झन्डा बोकेका व्यक्ति सर्वोच्च अदालतको न्यायाधीशको कुर्सीमा बस्दा दुर्भाग्यपूर्ण फैसला गरेको भन्दै सांसद ढुंगानाले आक्रोश व्यक्त गरेका हुन्।

सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान शुक्रबार, कात्तिक २३, २०८१ बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिला आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ।

एमाले सचिवालय बैठक भोलि शुक्रबार, कात्तिक २३, २०८१ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।