स्थानीय तह उपनिर्वाचन: धमाधम उम्मेदवार टुंग्याउँदै दलहरुशनिबार, मंसिर १, २०८१

उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण शनिबार, मंसिर १, २०८१ आयोगले मतदाता नामावली खरिद, सवारिसाधन/घोडा, सवारीसाधनका लागि इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, छापा तथा विद्युतीय माध्यमबाट गरिने प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा हुने खर्चको सीमा निर्धारण गरेको हो ।

उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना शुक्रबार, कात्तिक ३०, २०८१ मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

नेपाली जनता फेरि एकजुट हुनुपर्ने भयो : प्रचण्ड शुक्रबार, कात्तिक ३०, २०८१ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। प्रचण्डले आफूहरूले स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरूलाई सफल हुन दिन नहुने बताए।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता शुक्रबार, कात्तिक ३०, २०८१ अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो।

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता बिहीबार, कात्तिक २९, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरू पूरा गर्न सबै विकसित मुलुकहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग बिहीबार यहाँ भएको भेटवार्तामा सो आग्रह गरेका हुन्।

डडेलधुरामा आरजुलाई स्वागत गर्न फूलमालासहित उपस्थित हुन कांग्रेसको सर्कुलर बिहीबार, कात्तिक २९, २०८१ परराष्ट्र मन्त्री डा आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर जारी गरेको छ।

रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मङ्सिर ३ गते पेसी बिहीबार, कात्तिक २९, २०८१ अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन्। यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ।

काठमाडौंको जागरणसभाका लागि एमालेले बनायो संयोजन समिति बुधबार, कात्तिक २८, २०८१ नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ।नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरणसभाको तयारीका लागि आज बसेको बैठकले ११ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो।

रास्वपामा उम्मेदवारी हस्ताक्षरको अधिकार कार्यवाहक महामन्त्रीलाई बुधबार, कात्तिक २८, २०८१ पार्टीको सचिवालय बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई उक्त अधिकार दिने निर्णय गरेको हो। योसँगै पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

उपचुनावमा विचार मिल्नेहरूसँग गठबन्धन गर्दै एकीकृत समाजवादी बुधबार, कात्तिक २८, २०८१ समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो।

प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा बुधबार, कात्तिक २८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्।परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

माओवादीको विरोध सरकारमा नहुनुको छटपटीः प्रधानमन्त्री ओली मंगलबार, कात्तिक २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन्। विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए।