News Griha :: न्यूजगृह
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी, को हुन् ती?
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी, को हुन् ती? उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो। ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो। कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो।
सांसद गोमा लाभको पद धरापमा ! 
सांसद गोमा लाभको पद धरापमा !  गत वर्ष फागुन २७ गते जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई सांसद पदबाट हटाउन सभामुख घिमिरेलाई पत्र पठाएको थियो। तर, झन्डै नौ महिनासम्म जनमत पार्टीको निर्णयसहितको पत्राचार कार्यान्वयन भएको थिएन। जनमत पार्टीले पटकपटक पत्राचारबारे सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। 
उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिरा बिक्री वितरण र सेवन रोक्न आयोगको आग्रह
उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिरा बिक्री वितरण र सेवन रोक्न आयोगको आग्रह निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह
चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
चुनाव हुने स्थानीय तहलाई आयोगले दियो यी निर्देशन
चुनाव हुने स्थानीय तहलाई आयोगले दियो यी निर्देशन सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।
स्थानीय तह उपनिर्वाचन: आज उम्मेदवारमाथि दाबी विरोधको उजुरी दिन सकिने
स्थानीय तह उपनिर्वाचन: आज उम्मेदवारमाथि दाबी विरोधको उजुरी दिन सकिने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेकाहरूमाथि आज दाबी विरोधको उजुरी दिने कार्यतालिका छ। निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेमसम्मको समय तोकेको छ।
स्थानीय तह उपनिर्वाचन: ४२ पदका लागि ४०७ जनाको मनोनयन
स्थानीय तह उपनिर्वाचन: ४२ पदका लागि ४०७ जनाको मनोनयन आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोनयन पत्र दर्ता भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
जिसस ओखलढुङ्गा प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध
जिसस ओखलढुङ्गा प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। कांग्रेस उम्मेदवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन।
चार देशका राजदूतले लिए शपथ
चार देशका राजदूतले लिए शपथ विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन्।
पाँच दिन प्रयास गर्दा पनि प्रधानमन्त्री ओलीले पाँच मिनेट समय दिएनन्ः रास्वपा
पाँच दिन प्रयास गर्दा पनि प्रधानमन्त्री ओलीले पाँच मिनेट समय दिएनन्ः रास्वपा तसर्थ सभापति लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न उसले माग गरेको छ। भविष्यमा कानूनी प्रावधानको दुरुपयोग नहोस् भन्नका लागि विद्यमान फौजदारी कानून र संरचनागत सुधार र परिमार्जनको खाँचो औंल्याएको छ। 
Weather Update