News Griha :: न्यूजगृह
आज काठमाडौंका तीन ठाउँमा एउटै समयमा प्रदर्शन
आज काठमाडौंका तीन ठाउँमा एउटै समयमा प्रदर्शन नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।
मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक
मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरे। धनगढीमा बिहीबार पत्रकारसँग गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।
जसपा नेपाल विभाजनविरुद्धको रिट ‘हेर्न नमिल्ने’
जसपा नेपाल विभाजनविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सर्वोच्च अदालतका पूर्ण इजलासमा पेसी तोकिएको उक्त रिट ‘हेर्न नमिल्ने’ भएको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलसहितको पूर्ण इजलासमा पेसी तोकिएको थियो।
राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति रहने गरी संविधान संशोधन हुन्छ : सभापति देउवा
राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति रहने गरी संविधान संशोधन हुन्छ : सभापति देउवा बुधबार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको ३५ औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओली जोडिएको विषयमा छानबिन गर्न रास्वपाको माग
प्रधानमन्त्री ओली जोडिएको विषयमा छानबिन गर्न रास्वपाको माग रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ। 
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
उपनिर्वाचन: रुकुम पूर्वबाट विजयी हुन थाल्यो माओवादी
उपनिर्वाचन: रुकुम पूर्वबाट विजयी हुन थाल्यो माओवादी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधाबर घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। एमालेका उम्मेवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि  घर्ती निर्विरोध निर्वाचित भएका थिए। 
एमालेको जागरण सभास्थल परिवर्तन
एमालेको जागरण सभास्थल परिवर्तन जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी गर्दै सभा दरबारमार्गमा हुने जानकारी दिएका छन्।जागरण सभाअघि हुने र्‍याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू हुने भट्टराईले जानकारी दिएका छन्।
संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड
संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका छन्।
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ। उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ।
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थाले पाए अनुमति
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थाले पाए अनुमति निर्वाचन आयोगले जनप्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार सङ्गठन र सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाललाई पर्यवेक्षणको अनुमति दिएको छ।
रास्वपाले ७ बजे ७ मिनेट घण्टी बजाउने
रास्वपाले ७ बजे ७ मिनेट घण्टी बजाउने आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरूप घण्टी बजाउन लागेको हो।
Weather Update