काठमाडौं — जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छन्।
नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए। बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।
नाउपाका नेता लक्ष्मण किशोर चौधरीसहित कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतका नेताहरूको उपस्थितिमा नाउपाकी रूपमतीले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी थिइन्।
भुल २०७९ मा भएको निर्वाचनमा कैलारी गाउँपालिका–२ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्। टीकाकुमारीले सत्तारूढ दल नेकपा एमालेको समर्थनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन्।
यसअघि जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका पदमबहादुर कलेलको २०७९ पुस २३ मा निधन भएको थियो।