News Griha :: न्यूजगृह
विवादमा तानिएका कोशीका आन्तरिक मामिला मन्त्रीले दिए राजीनामा

विराटनगर— मुख्यमन्त्रीलाई समेत जानकारी नदिई सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्।

अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका थिए। मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ। तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिई कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा सुटुक्क जापान उडेका थिए।

उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन गएको बताइएको छ। अधिकारीले आफू निजी भ्रमणमा गएको बताएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:५१
Weather Update