News Griha :: न्यूजगृह
महामन्त्री शर्माको नेतृत्वमा कांग्रेसले बनायो स्थानीय तह उपनिर्वाचन संयोजन समिति

काठमाडौं— नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम ९ सदस्यीय संयोजन समिति गठन गरेका हुन्।

समितिमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा प्रकाशशरण महत सदस्य छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य पनि सदस्य छन् भने प्रकाश शर्मा सदस्य सचिव छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १७:४७
Weather Update