News Griha :: न्यूजगृह
संसदीय समितिहरूमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन
फाइल तस्बिर।

काठमाडौं—  सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरू आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन्।

घिमिरेले मङ्गलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएका थिए। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए।

समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन्। अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरूले बताएका छन्।

बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १४:२०
समसामयिक
Weather Update