News Griha :: न्यूजगृह
नेसपाको नाम फेरियो, कोष्ठमा थपियो ‘नयाँ शक्ति’

काठमाडौं— बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय भएको छ।
पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाममा नयाँ शक्ति थप गर्ने निर्णय गरेको हो।

पार्टीका नेता रोशन पोखरेलका अनुसार पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय भएको छ। साथै महाधिवेशन माघमा हुनेछ।

माघ २५ देखि २७ गतेसम्म पार्टी महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको उनले जानकारी दिए।

साथै पार्टी केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुनेछ। अध्यक्ष, समावेशी उपाध्यक्ष पाँच जना, महासचिव, तीन सचिव, कोषाध्यक्ष गरी ११ जना पदाधिकारी रहनेछन्।

नेता पोखरेलका अनुसार पार्टी महाधिवेशनमा प्रत्यक्ष तवरले नेतृत्व चयनको व्यवस्था विधानले गरेको छ। कात्तिक ५ र ६ गते पोखरामा विधान अधिवेशन भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १८:३२
Weather Update