News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्ने भएका छन्।

नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट एक सय दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन्।

ओली सरकारका सबै मन्त्रीहरूले आआफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन्।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन्

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०८:५२
Weather Update