News Griha :: न्यूजगृह
रवि लामिछानेको सांसद पद के हुन्छ ?
रवि लामिछानेको सांसद पद के हुन्छ ? लामिछाने २०७९ मंसिरमा सम्पन्न चुनावमा चितवन – २ बाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी मुद्दामा उनको सांसद पद खारेज भएपछि २०८० साल वैशाख १० गते त्यस क्षेत्रमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा पनि लामिछाने नै निर्वाचित भएका थिए ।
यी दुई काम गर्न प्रतिपक्षी दलहरूले बनाए कार्यदल
यी दुई काम गर्न प्रतिपक्षी दलहरूले बनाए कार्यदल बैठकमा अध्यक्ष दाहाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतबीच छलफल भएको हो।
दल फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको प्रतिपक्षी दलहरूको आशंका
दल फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको प्रतिपक्षी दलहरूको आशंका प्रतिपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको आशंका व्यक्त गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा ‘गम्भीर छलफल’ भएको हो। 
प्रचण्डलाई रवि पक्राउ पर्न लागेको सूचना कसले दियो?
प्रचण्डलाई रवि पक्राउ पर्न लागेको सूचना कसले दियो? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन्।अध्यक्ष दाहालले शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका हुन्।
रवि लामिछानेलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने
रवि लामिछानेलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ। बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
विपक्षी दलको निष्कर्ष– ओली सरकार असफल भयो
विपक्षी दलको निष्कर्ष– ओली सरकार असफल भयो शुक्रबार नयाँबानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
माओवादी अध्यक्ष दाहालले बोलाए प्रतिपक्षी दलहरूको बैठक
माओवादी अध्यक्ष दाहालले बोलाए प्रतिपक्षी दलहरूको बैठक मुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ।
निर्वाचन आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग
निर्वाचन आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।
महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन
महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्न तीन दल सहमत
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्न तीन दल सहमत बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा बैठकमा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल सहभागी छन्।
प्रधानमन्त्री ओलीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी 
प्रधानमन्त्री ओलीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी  सिन्धुलीका युवराज पौडेल (सफल)ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।
Weather Update