News Griha :: न्यूजगृह
व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको एमालेभित्रै विरोध
व्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको एमालेभित्रै विरोध व्यवसायी मीनबहादुर गुरुङले दान दिएको १० रोपनीभन्दा बढी जग्गामा पार्टी कार्यालय बनाउन गत शुक्रबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
कृषिमन्त्री अधिकारी इटाली उडे
कृषिमन्त्री अधिकारी इटाली उडे संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ परस्थान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए।
भाटभटेनीका मालिकले दिएको जग्गामा एमाले मुख्यालय बन्ने, ओलीले गरे शिलान्यास 
भाटभटेनीका मालिकले दिएको जग्गामा एमाले मुख्यालय बन्ने, ओलीले गरे शिलान्यास  उद्यमी मीनबहादुर र सावित्री गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताए। हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेको हो।
ढुङ्गेअड्डामा एमालेले बनाउँदैछ ११ रोपनीमा पार्टी मुख्यालय, ओलीले शिलान्यास गर्दै 
ढुङ्गेअड्डामा एमालेले बनाउँदैछ ११ रोपनीमा पार्टी मुख्यालय, ओलीले शिलान्यास गर्दै  सत्तारुढ दल नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन  बनाउने भएको छ। एमालेले कीर्तिपुर नगरपालिका–२ ढुङ्गेअड्डामा नयाँ कार्यालय बनाउन लागेको हो। ११ रोपनी क्षेत्रफल रहेको ठाउँमा आज बिहान पौने १२ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नेछन्। 
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउने
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउने नेकपा एमालेले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ। बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थानान्तरण हुदैँ आएको पार्टी कार्यालय अब कीर्तिपुरमा निर्माण गरिन लागिएको हो।
दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री
दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ।
हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौं: प्रचण्ड
हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौं: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको बताएका छन्।बुधबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा विगतमा पनि माओवादी केन्द्रले दुई पटक संविधान संशोधनको प्रस्ताव राखेर मधेसवादी दलहरूलाई समझदारीमा ल्याएको स्मरण पनि गरे।
बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने
बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद्‌को बैठकका निर्णय मङ्गलबार सार्वजनिक गर्दै भने, 'कतै धेरै क्षति भएको छ भने कतै थोरै। क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ।'
जनमत पार्टीका सचिवसहित ७ जनाको निलम्बन फुकुवा
जनमत पार्टीका सचिवसहित ७ जनाको निलम्बन फुकुवा त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ।
राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिए।
स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता [सूची]
स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता [सूची] आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री आरजुले लिइन् इजरायल र लेबनानमा रहेका नेपालीबारे जानकारी
परराष्ट्रमन्त्री आरजुले लिइन् इजरायल र लेबनानमा रहेका नेपालीबारे जानकारी ‘इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहनुभएका नेपाली नागरिकहरूको अवस्थाका बारेमा इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरूसँग आज जानकारी लिएँ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।
Weather Update