News Griha :: न्यूजगृह
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउने

काठमाडौं— नेकपा एमालेले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ। बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थानान्तरण हुदैँ आएको पार्टी कार्यालय अब कीर्तिपुरमा निर्माण गरिन लागिएको हो।

आज अपरान्ह  बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो। जसको भोलि शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन्।

शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। सो स्थानमा झन्डै १२ रोपनी जग्गा रहेको छ।

च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो। 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १९:२४
Weather Update