सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने एमालेको निर्णयमंगलबार, असोज १५, २०८१

मन्त्रिपरिषद्को निर्णय : मृतकका परिवारलाई जनही २ लाख, तीन दिन राष्ट्रिय शोक मंगलबार, असोज १५, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए। बैठकले बाढीपहिरोमा मृत्यु भएकाको सम्झनामा ३ दिन राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय पनि गरेको छ । उक्त अवधिमा सरकारी कार्यालय र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।

सरकारले आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन : प्रधानमन्त्री ओली सोमबार, असोज १४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन्।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले आफ्नो क्षमताअनुसार काम गरेको...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै सोमबार, असोज १४, २०८१ न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भए। उनले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए।

सर्वदलीय बैठकले के-के निर्णय गर्यो? आइतबार, असोज १३, २०८१ सरकारले बोलाएको सर्वदलीय बैठकले विपत्को यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजीक्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको छ।कार्यवाहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजीक्षेत्र, आम नागरिक र सङ्घसंस्थाहरूलाई अपिल गर्ने निर्णय...

प्रचण्डले बोलाए सर्वदलीय बैठक आइतबार, असोज १३, २०८१ सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ । आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
-1727575717.jpg)
कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक आइतबार, असोज १३, २०८१ अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट शुक्रबार, असोज ११, २०८१ बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरूको लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन्।उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग साइडलाइन भेटवार्ता गरेका छन्।

राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के भने ? शुक्रबार, असोज ११, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन्।

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार, असोज १०, २०८१ सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।

रवि पक्राउ पर्ने भयले चीनबाट फर्किए रास्वपाका नेता बिहीबार, असोज १०, २०८१ चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता फर्किएका छन्। उपसभापति स्वर्णीम वाग्लेको नेतृत्वमा गएको टोली बिहीबार फर्किएको हो।

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, मंसिर २ मा उम्मेदवारी दर्ता बिहीबार, असोज १०, २०८१ निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता बिहीबार, असोज १०, २०८१ न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन आएका दक्षिण एसियाका दुवै सरकार प्रमुखबीचमा पहिलो पटक साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो।









