News Griha :: न्यूजगृह
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री ओली
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले आज बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’मा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताए।
नेपाल र चीनबीच बीआरआई सम्झौतामा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई सम्झौतामा हस्ताक्षर नेपाल र चीनबीच 'फ्रेमवर्क फर बिआरआ‌ई' कोअपरेसनमा सम्झौता भएको छ। बुधबार बिहान दुबै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन्।
बीआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
बीआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने  नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको चीन भ्रमण : नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा
प्रधानमन्त्रीको चीन भ्रमण : नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘बीआरआई फ्रेमवर्क’ मा भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी
‘बीआरआई फ्रेमवर्क’ मा भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन। नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमर्वमा हस्ताक्षर हुन नसकेको हो।
उपनिर्वाचनबारे प्रचण्डको विज्ञप्ति : पार्टीलाई उत्साहजनक सफलता 
उपनिर्वाचनबारे प्रचण्डको विज्ञप्ति : पार्टीलाई उत्साहजनक सफलता  नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनको परिणामलाई उत्साहजनक सफलताका रूपमा व्याख्या गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनबारे विज्ञप्ति जारी गरी पार्टीले जितेका पदाधिकारी र प्राप्त जनमत उत्साहजनक रहेको उल्लेख गरेका छन्।
कांग्रेसले भन्यो : उपनिर्वाचनमा एक्लै लड्दा प्राप्त स्थान सांगठनिक र गुणात्मक रूपले महत्त्वपूर्ण
कांग्रेसले भन्यो : उपनिर्वाचनमा एक्लै लड्दा प्राप्त स्थान सांगठनिक र गुणात्मक रूपले महत्त्वपूर्ण कांग्रेसले उपनिर्वाचनमा पार्टीको प्रदर्शन सन्तोषजनक र उत्साहवर्द्धक रहेको जनाएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्द्धक संकेतका रूपमा लिएको जनाएका हुन्।
नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर [सूचीसहित]
नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर [सूचीसहित] नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए। चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए।
आज चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली, सहयोग सम्झौतामा हस्ताक्षर हुने
आज चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली, सहयोग सम्झौतामा हस्ताक्षर हुने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच मंगलबार द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ।
उपनिर्वाचन सम्पन्न, ४४ सिटमध्ये कुन दलले कति जिते?
उपनिर्वाचन सम्पन्न, ४४ सिटमध्ये कुन दलले कति जिते? स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
Weather Update