News Griha :: न्यूजगृह
उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा कांग्रेसको हार, एमाले र माओवादीलाई फलिफाप
उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा कांग्रेसको हार, एमाले र माओवादीलाई फलिफाप उपनिर्वाचनको सार्वजनिक मत परिणामानुसार नेकपा एमालेलाई ‘लाभ’ भएको छ । ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको दैलेखेको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामीखापर गाउँपालिकाको उपाध्यक्ष पद एमालेले जितेको छ ।
गौरीशंकरको उपाध्यक्षमा माओवादी उम्मेदवार दोब्बर मतले अघि
गौरीशंकरको उपाध्यक्षमा माओवादी उम्मेदवार दोब्बर मतले अघि निमलेकीको पक्षमा ८ सय ९ मत प्राप्त भएको छ भने उनलाई एमालेकी उम्मेदवार उमा मगर शेर्पाले पछ्याइरहेकी छिन्। उनको पक्षमा ४ सय ४७ मत प्राप्त भएको छ।  यस्तै नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा २ सय ४० मत प्राप्त भएको मुख्यम निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो ।
उपनिर्वाचन : मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?
उपनिर्वाचन : मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ? स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन्। माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन्। थारुले ५३३३ मत ल्याएर दोस्रो भए। यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन्।
नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी
नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन्।लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन्।
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो। यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ।
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाएर दोस्रो भए भने एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत पाएर तेस्रो भएका छन्।
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ जाँदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।
सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी
सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित
उदयपुरको त्रियुगा–१२ मा माओवादी केन्द्रका राई निर्वाचित उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचनः कीर्तिपुरमा कांग्रेस र काठमाडौं-१६ मा रास्वपाको अग्रता
उपनिर्वाचनः कीर्तिपुरमा कांग्रेस र काठमाडौं-१६ मा रास्वपाको अग्रता आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गरेकी छन्।
Weather Update