News Griha :: न्यूजगृह
उपनिर्वाचनः कीर्तिपुरमा कांग्रेस र काठमाडौं-१६ मा रास्वपाको अग्रता

काठमाडौं — १७ काठमाडौंका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ।

आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गरेकी छन्।

यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गरेका छन्। एमालेका लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गरेका छन्।

साथै कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले तीन सय ३४, एमालेका सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:४८
Weather Update