News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको चीन भ्रमण : नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं — चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १९:११
Weather Update