सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादीबिहीबार, मंसिर २७, २०८१
-1716205509.jpg)
कांग्रेसका ८ भ्रातृ संस्थाको महाधिवेशन गर्न देउवाले बनाए निर्देशन समिति बुधबार, मंसिर २६, २०८१ सभापति देउवाले बुधबार नेपाल दलित संघ, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल भूपू सैनिक संघ, लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको निर्देशन समिति संयोजक र सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उपनिर्वाचनको परिणामले गम्भीर भएका छौँः एमाले मंगलबार, मंसिर २५, २०८१ ‘यो परिणामलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौँ।’

अदालतको अवहेलना मुद्दामा रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ मंगलबार, मंसिर २५, २०८१ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी जवाफ माग्ने आदेश गरेको छ।पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश गरेको हो।
![के छ नेपाल-चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौतामा? [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/2024-12-03-1733211872.jpg)
के छ नेपाल-चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौतामा? [पूर्णपाठ] मंगलबार, मंसिर २५, २०८१ सार्वजनिक गरिएको दस्तावेजअनुसार आर्थिक सहकार्य, यातायात र कनेक्टिभिटी, व्यापार औद्योगिक विकास र लगानी, भन्सारमा सहकार्य गर्ने विषयलाई प्राथमिकतामा राख्ने उल्लेख छ।

एमाले सचिवालय बैठक बस्दै मंगलबार, मंसिर २५, २०८१ बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए।

रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु बेठिक : गृहमन्त्री मंगलबार, मंसिर २५, २०८१ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको उनको भनाइ छ। ‘जसको पैसा ठगिएको छ उसको चिन्ता छैन। जो माथि अनुुसाधनको काम भइरहेको छ। त्यसलाई पनि प्रभावित पार्न खोज्ने काम कसैले पनि नगरौँ,’ गृहमन्त्री लेखकले भने।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि मंगलबार, मंसिर २५, २०८१ पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए।

मलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयो : प्रधानमन्त्री ओली सोमबार, मंसिर २४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन्। झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन्।विगत चारपाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए। नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो।

सरकारले बीआरआई सम्झौता सार्वजनिक गर्ने सोमबार, मंसिर २४, २०८१ सरकारले गतसाता चीनसँग भएको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ (बीआरआई सहकार्य) सम्झौता सार्वजनिक गर्ने भएको छ। बीआरआई सहकार्य सम्झौताका विषयमा अनेकथरि टीकाटिप्पणी भएपछि सरकारले सम्झौता सार्वजनिक गर्ने तयारी गरेको हो।
-1716205509.jpg)
गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय सोमबार, मंसिर २४, २०८१ नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ।कांग्रेसकी गण्डकी प्रदेश सांसद विमला गौचन थकालीको निधन भएपछि रिक्त समानुपातिकतर्फको पदमा थापालाई पठाउने निर्णय भएको हो।

देश चलाउन सहकारी ठगेजस्तो सजिलो हुँदैन: प्रधानमन्त्री आइतबार, मंसिर २३, २०८१ उनले देश चलाउन, सिद्धान्त, नीति, सङ्कल्प र अठोट चाहिने जिकिर गरे। ‘कोही भ्रममा नपर्नु भए हुन्छ। देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

गगनको बोलीमा देउवाले गरे ठट्यौली शनिबार, मंसिर २२, २०८१ शनिबार विराटनगरमा पार्टीको कोसी प्रदेश समिति सम्मेलन उद्घाटन कार्यक्रममा उनले भने, 'ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो। ओली (प्रधानमन्त्री केपी शर्मा ओली)जीले त्यही ढंगले सम्झौता गर्नुभयो। हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो।'