News Griha :: न्यूजगृह
गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं— नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ।

कांग्रेसकी गण्डकी प्रदेश सां‌सद विमला गौचन थकालीको निधन भएपछि रिक्त समानुपातिकतर्फको पदमा थापालाई पठाउने निर्णय भएको हो।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्याङ्जाकी थापालाई गण्डकीको रिक्त सांसद पदमा पठाउने निर्णय गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘रिक्त समानुपातिक पदमा समानुपातिक सूचीअनुसार स्याङ्जाकी सुनिता थापाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको छ,’ प्रवक्ता महतले भने।

साथै कार्यसम्पादन समिति बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने पार्टी सभापतिको निर्णयलाई अनुमोदनसमेत गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १२:३९
Weather Update