मैले टेलिफोनमा राजेशसँग कुरा गरेको हो, ओलीले कुप्रचार गर्नुभयोः वामदेवसोमबार, पुस १, २०८१

पुस १ गते लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा ‘कालो दिवस’ मनाइँदै सोमबार, पुस १, २०८१ विसं ०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालालगायत नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बीपीलगायत नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

वामदेवले मागे प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा, ओलीले के दिए जवाफ? शुक्रबार, मंसिर २८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वामदेव गौतमसँगको फोनमा भएको कुराकानीबारे सुनाए। एमाले अध्यक्षसमेत रहेका ओली आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा सहभागी थिए। सोही मञ्चबाट बोल्दै उनले वामदेव गौतमसँग शुक्रबार नै भएको कुराकानीबारे केही कुरा सुनाएका हुन्।

प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च शुक्रबार, मंसिर २८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा जाँदा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ खर्च भएको छ। अर्थ मन्त्रालयले उक्त रकम गत कात्तिक महिनामा परराष्ट्र मन्त्रालयको नाममा निकासा गरेको छ।

५ देशमा राजदूत नियुक्त, को कहाँ? शुक्रबार, मंसिर २८, २०८१ राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।

माओवादी स्थायी समिति बैठक सुरु शुक्रबार, मंसिर २८, २०८१ ‘अहिले १२ बजेबाट बैठक सुरु भएको छ,’ उनले भने। बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलोगरी सुरु भएको हो। बुधबार दिउँसो ३ बजे नै बस्ने भनिएपनि अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले आजलाई बैठक सारिएको थियो।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, मंसिर २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवासमा मन्त्रिपरिषद् बैठक राखेका हुन्।

परराष्ट्र मन्त्री पुस ४ गते दिल्ली जाने, प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुने सम्भावना बिहीबार, मंसिर २७, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवा पुस ४ गते भारतको नयाँ दिल्ली जाने भएकी छन्। पुस ३ गते जर्मनीमा उच्चस्तरीय भेटवार्ता सकेपछि उनी उतैबाट भारत जान लागेकी हुन्।मन्त्री राणा अहिले युरोपको भ्रमणमा छन्। पुस ५ र ६ गते दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फ्रेन्समा सहभागी हुन राणा दिल्ली जान लागेकी हुन्।

जे भए पनि मलाई गाली नगरी चित्त नबुझ्ने तत्वहरू छन्: प्रधानमन्त्री ओली बिहीबार, मंसिर २७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन्।त्रिविको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने बताए।

सवा १२ मा बस्ने बैठकको जानकारी साढे १० मा, छलफलमा भाग नलिई हिँडे सांसद बिहीबार, मंसिर २७, २०८१ प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार १२:१५ बजेका लागि बोलाइएको थियो। बुधबार बसेको बैठकले नै आजको बैठकको समय तय गरेको थियो।संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन राखेका सांसदहरूसँग राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ।

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छः प्रचण्ड बिहीबार, मंसिर २७, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताएका छन्।

एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुँदैन: विष्णु पौडेल बिहीबार, मंसिर २७, २०८१ नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीको अब हुने ११ औं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्। अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा निर्वाचनको कुनै सम्भावना नदेखिएको पौडेलको भनाइ छ। एमालेको १० औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो। त्यसबेला भीम रावललाई...

मन्त्रिपरिषद्को बैठक बस्दै बिहीबार, मंसिर २७, २०८१ चीन भ्रमणबाट फर्किएपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।