
सवारीसाधन बिक्रीको अनुगमन यातायात व्यवस्था विभागलाई आइतबार, पुस ७, २०८१ नेपाल सरकारले यातायात व्यवस्था विभागलाई सवारीसाधन बिक्रीको नियमनकारी निकाय तोकेको छ। यसैगरी राष्ट्रबैंकलाई सामाजिक सुरक्षाकोष सम्बद्ध कर्जा प्रवाह र नेपाल धितोपत्र बोर्डलाई इन्भेष्टमेन्ट कम्पनीको सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नियमनकारी निकाय तोक्ने निर्णय गरिएको छ।

रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र आइतबार, पुस ७, २०८१ रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । कास्की प्रहरी स्रोतका अनुसार रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार, पुस ७, २०८१ बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ भने कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।
-1719237456.jpg)
मुद्दा दायर भएपछि रविको सांसद पद के हुन्छ ? आइतबार, पुस ७, २०८१ दुई महिनादेखि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएको छ । मुद्दा दायर भएपछि उनको सांसद पद के हुन्छ भनी कतिपयले जिज्ञासा समेत राखेका छन् ।

एमालेले बोलायो सचिवालय बैठक आइतबार, पुस ७, २०८१ पुस १० गते बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

७७ वटै जिल्लामा एकीकृत समाजवादीको इन्चार्ज र सहइन्चार्ज, कसले कहाँको जिम्मेवारी पाए? शनिबार, पुस ६, २०८१ नेकपा (एकीकृत समावादी)ले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ। मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जहरु तोकेको हो।

एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरियता दिनेबारे छलफल शुक्रबार, पुस ५, २०८१ बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा भएको छलफल सुनाएका थिए ।

केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी शुक्रबार, पुस ५, २०८१ नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमालेले केन्द्रीय कमिटीको आठौं बैठक पुसभित्रै बस्ने गरी बोलाउन लागेको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। केन्द्रीय कमिटीको बैठक आह्वान गर्न पुस १० र ११ गते सचिवालय बैठक बस्न लागेको उनले जानकारी दिए। ‘पुस १० र ११ गते...
-1716205509.jpg)
क्रियाशील सदस्यताको अवस्था बुझ्न कांग्रेसका तीन नेतालाई सात प्रदेशको जिम्मेवारी शुक्रबार, पुस ५, २०८१ नेपाली कांग्रेसका क्रियाशील सदस्यता प्रदेशगत अवस्था बुझ्न तीन नेतालाई सात प्रदेशको जिम्मेवारी दिइएको छ । सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरु सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको हो ।

माओवादीले माग्यो सार्वजनिक लेखा समिति सभापतिको राजीनामा बिहीबार, पुस ४, २०८१ पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।

मन्त्रिपरिषद् बैठक स्थगित बिहीबार, पुस ४, २०८१ मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन बिहीबार, पुस ४, २०८१ गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।