प्रधानमन्त्री ओलीले लिए उद्योग मन्त्रालयसँग ब्रिफिङशुक्रबार, पुस १२, २०८१

वर्षमान पुनको दाबी- कांग्रेस नेताहरूले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् शुक्रबार, पुस १२, २०८१ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेसका नेताहरूले वर्तमान एमाले नेतृत्वको सरकार फेर्न प्रस्ताव ल्याएको दाबी गरेका छन्।

लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले हस्ताक्षर गरेको १९ बुँदे साझा प्रतिबद्धता पत्रमा के छ? शुक्रबार, पुस १२, २०८१ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता गरेका छन्।दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारको विषयलाइ सम्बोधन गर्नेगरी दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रचण्डले अस्थिरताको बीउ रोपेको पोखरेलको आरोप शुक्रबार, पुस १२, २०८१ शुक्रबार नवरपरासीको गैडाकोटमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको बताए ।

नेविसंघमा शेखर पक्षको समानान्तर गतिविधि, तनहुँमा भेला गरेर तोक्यो अध्यक्ष शुक्रबार, पुस १२, २०८१ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा नेता शेखर कोइरालानिकट विद्यार्थीहरूले समानान्तर गतिविधि गरिरहेका छन्।कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्यहरू भुवन भट्ट, विनोद शाही ठकुरी लगायतले तनहुँमा विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष तोकेका हुन्।

भीम रावल एमालेबाट आफैं निक्लिएका हुन्: शंकर पोखरेल शुक्रबार, पुस १२, २०८१ शुक्रबार चितवनमा पत्रकारसँग पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ।’

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा शुक्रबार, पुस १२, २०८१ सभापति लामिछानेले गएको आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए। लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।
-1735216734.jpg)
यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय बिहीबार, पुस ११, २०८१ उनका अनुसार सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचिको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमति नलिई क्यासिनो सञ्चालनलाई संवद्ध कसूर तोक्ने निर्णय भएको छ।

त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी बिहीबार, पुस ११, २०८१ विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए ।

पार्टी खोल्दै भीम रावल बिहीबार, पुस ११, २०८१ नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनी निकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशव्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।
-1716205509.jpg)
कांग्रेसको १०० दिने अभियान माघ १६ गतेसम्म चल्ने बिहीबार, पुस ११, २०८१ जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा व्यवस्थित रूपले काम अघि बढाउन पनि कांग्रेस केन्द्रीय कार्यालयले आग्रह गरेको छ। कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर संगठन सुदृढीकरणलगायत काममा खटाएको छ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक बुधबार, पुस १०, २०८१ ‘बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूको बारेमा जानकारी, विगतमा सचिवालय स्थायी कमिटी र पोलिटब्युरोले गरेका निर्णयका अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरेका छौं,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन बुधबार, पुस १०, २०८१ एमालेले रावललाई पार्टी सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको...