एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं— नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी पुसको २१ र २२ गते बस्नेगरी बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
‘बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूको बारेमा जानकारी, विगतमा सचिवालय स्थायी कमिटी र पोलिटब्युरोले गरेका निर्णयका अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरेका छौं,’ उपमहासचिव ज्ञवालीले भने ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १९:१३