News Griha :: न्यूजगृह
एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरियता दिनेबारे छलफल

काठमाडौं— नेकपा एकीकृत समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतमलाई तेस्रो वरियतामा राख्नेबारे छलफल भएको छ ।

बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा भएको छलफल सुनाएका थिए ।

२०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्याग गरेका थिए । त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए । त्यसपछि नेकपा एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहँदै आएका छन् । गौतम हाल राष्ट्रिय सभा सदस्य छन् ।

हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । त्यसपछि गौम र एकीकृत समाजवादीमा नेताहरू संवादमा छन्


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १३:२७
Weather Update