सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपति कहाँ भोलिमात्रै पुग्नेबुधबार, पुस १०, २०८१
-1721103980.jpg)
संविधान संशोधनका लागि संयन्त्र बनाउने कांग्रेस-एमालेको निर्णय बुधबार, पुस १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नै दुवै दलका प्रमुख सचेतकसहितको बैठक राखेर संविधान संशोधनको विषयमा संयन्त्र निर्माण गर्न खोजिएको जानकारी गराउँदै संसदीय समितिमा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ बाट अघि बढाउने दिशामा काम गर्न निर्देशन दिएका छन्।

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा बुधबार, पुस १०, २०८१ उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, पुस ९, २०८१ एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाएको थियो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न केन्द्रीय कार्यालयमा ज्ञापन पत्र मंगलबार, पुस ९, २०८१ राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेसको विधानअनुसार पनि फौजदारी कसुरमा अदालतबाट दोषी भएका व्यक्ति पार्टीको साधारण सदस्य पनि नरहने भएकोले जिल्ला सभापतिबाट बर्खास्त गर्न माग भएको हो। कांग्रेस जिल्ला उपसभापति नवीनप्रसाद अधिकारी, क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीलगायतले सभापति सिंहविरूद्ध केन्द्रीय कार्यालयमा ज्ञापन पत्र दर्ता गराएका हुन्।

रवि लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित सोमबार, पुस ८, २०८१ संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन्।

रास्वपा सचिवालय बैठकले गरेका तीन निर्णय सोमबार, पुस ८, २०८१ बैठकमा पार्टी सभापति रवि लामिछानेविरूद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी सोमबार, पुस ८, २०८१ कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

रास्वपाको कार्यवाहक सभापति अर्याल वा वाग्ले?, विधानमा यस्तो छ व्यवस्था सोमबार, पुस ८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा दायर गरेको हो ।

रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह सोमबार, पुस ८, २०८१ जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरू छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद् नियमावली हेरेर निर्णय गर्ने बताएका थिए । रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ ।

रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै सोमबार, पुस ८, २०८१ बैठक आज साँझ ४ बजे भर्चुअल माध्यमबाट बस्ने उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए। कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको अर्यालको भनाइ छ।

राष्ट्रपति समक्ष पाँच राजदूतकाे शपथ सोमबार, पुस ८, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

तीन विश्वविद्यालयमा भागबन्डाबाट उपकुलपति सोमबार, पुस ८, २०८१ सत्तारूढ कांग्रेस र एमालेबीच भागबन्डा गरेर नेपाल संस्कृत विश्वविद्यालयमा धनेश्वर नेपाल, कृषि तथा वन विज्ञानमा शारदा थपलिया र पोखरा विश्वविद्यालयमा वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको हो । प्राध्यापक केसी र थपलिया एमाले तथा नेपाल कांग्रेसनिकट प्राध्यापक हुन् ।