News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं— सहकारी समस्याको विषयमा छलफल गर्न  मन्त्रिपरिषदको बैठक बस्दै छ । बालुवाटार स्रोतका केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ ।

बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल हुने बताइएको छ ।

एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले सहकारी संस्थाको समस्या समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो । समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न पनि सुझाएको थियो ।

तर त्यसका लागि सहकारी ऐन नै संशोधन गर्नुपर्ने भएकाले त्यस सम्बन्धी सुझाव कार्यान्वयनमा आएको छैन । संसदीय समितिले ५ लाख सम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न दिएको सुझाव पनि कार्यान्वयन भएको छैन ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:१७
Weather Update