News Griha :: न्यूजगृह
राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री
राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री 'हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ,' प्रधानमन्त्री ओलीले भने, 'नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ...
राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त
राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कानुनले रविको अनुहार हेर्दैन, जीबीलाई छिट्टै नेपाल ल्याइन्छ : गृहमन्त्री
कानुनले रविको अनुहार हेर्दैन, जीबीलाई छिट्टै नेपाल ल्याइन्छ : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन्। बुधबार बिहान रुपन्देहीमा  पत्रकारसँग उनले यस्तो बताएका हुन्। उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रुपले गर्ने बताए।
नेकपा एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर
नेकपा एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
वामदेव गौतमलाई पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको तयारी
वामदेव गौतमलाई पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको तयारी वामदेव गौतमलाई पार्टीमा भित्र्याउन नेकपा (एकीकृत समाजवादी) ले संवाद अघि बढाएको छ। २०७८ भदौ १८ गते गौतमले नेकपा (एमाले) परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 
भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री
भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री ‘देशको अवस्था सच्याउनु छ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनु छ । सुशासन दिनु छ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’
सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक
सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले शासनसत्ता भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताएका छन् । पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए । 
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः एमाले महासचिव पोखरेल
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः एमाले महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्। नेपाल निजामति कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान सरकार बलियो भएको र कसैले चाहेर पनि नढल्ने बताएका हुन्। 
कुनैपनि पार्टीसँग एकता गर्ने सम्भावना छैन : एकीकृत समाजवादी
कुनैपनि पार्टीसँग एकता गर्ने सम्भावना छैन : एकीकृत समाजवादी भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको निर्णय गर्ने उनले बताए । माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ ।
सरकारले खेलाडीसहित ३५ जनालाई सम्मान गर्ने
सरकारले खेलाडीसहित ३५ जनालाई सम्मान गर्ने गत बिहीवार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका विभिन्न २० वटा निर्णय सार्वजनिक गरेका हुन् । विभिन्न मन्त्रालयको प्रस्तावमा सरकारले २० निर्णय गरेको हो ।
Weather Update