राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ १६:०१