भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने दाबी गरेका छन् । मङ्गलबार ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘देशको अवस्था सच्याउनु छ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनु छ । सुशासन दिनु छ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’
उनले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । ‘हामी जनताका सेवक हौँ, हामीभित्र घमण्ड पलाउन हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१ १५:०६