News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल

काठमाडौं— नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

स्थायी कमिटी बैठकले ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:०९
Weather Update