News Griha :: न्यूजगृह
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सो मध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई...
काभ्रेमा रैथाने बाली प्रवर्द्धन गर्न बजेट अभाव 
काभ्रेमा रैथाने बाली प्रवर्द्धन गर्न बजेट अभाव  कृषि विभागमार्फत केन्द्रले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी ती क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको थियो । रैथाने बालीको उत्पादन वर्षैपिच्छे बढ्दो परिमाणमा पाइएको बताइन्छ ।
साेमबार यी कम्पनीका लगानीकर्ता फाइदामा
साेमबार यी कम्पनीका लगानीकर्ता फाइदामा सोमबार बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढे । कारोबार रकम ८७ करोड ४ लाखमा सीमित भएको छ । सोमबार कारोबार भएकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक ९ करोड ३९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ४ करोड ३४ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार...
विश्व बैंकको अनुदानमा बाग्लुङका तीन सडक कालोपत्र गरिने
विश्व बैंकको अनुदानमा बाग्लुङका तीन सडक कालोपत्र गरिने विश्व बैंकको अनुदानमा  बाग्लुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । वि.सं.२०७७ मा विश्व बैंक र बाग्लुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिनेभएको हो । 
हात्तीले धानबाली नष्ट गरेपछि झापाका किसान कागती खेतीमा
हात्तीले धानबाली नष्ट गरेपछि झापाका किसान कागती खेतीमा दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि झापाका किसानले वैकल्पिक खेतीकाे रुपमा कागतीखेती सुरु गरेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।
मुस्ताङमा स्याउ टिप्न सुरु, व्यापारी बगैँचामै पुगे
मुस्ताङमा स्याउ टिप्न सुरु, व्यापारी बगैँचामै पुगे हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आज (असोज १ गते) देखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँमा लटरम्मै स्याउ फलेका छन् ।
तीजको दिन बढ्यो सुनचाँदीको मूल्य 
तीजको दिन बढ्यो सुनचाँदीको मूल्य  हरितालिका तीजको दिन सोमबार सुनचाँदीकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार एक तोला सुनको मूल्य एक लाख १२ हजार पाँच सय पुगेको जनाएको हाे ।
बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै
बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।
फलफूल र तरकारी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् बजार भाउ
फलफूल र तरकारी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् बजार भाउ  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । 
करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्कर अर्थ मन्त्रालय फर्किए 
करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्कर अर्थ मन्त्रालय फर्किए  करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्करलाई सरकारले पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ ।उनी सामान्य प्रशासन मन्त्रालयको सचिव थिए । सरकारले अर्थ सचिवमा पुष्करलाई लैजाने तयारी गरेको समाचार न्यूजगृह डटकममा गत साउन ३० गते नै प्रकाशित भएको थियो । 
साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत
साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ । 
नेप्से परिसूचक ४२.१४ अंकले घट्यो, शुभम् पावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट
नेप्से परिसूचक ४२.१४ अंकले घट्यो, शुभम् पावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अंकमा कायम भएको हो ।
Weather Update