News Griha :: न्यूजगृह
राजश्व संकलनमा सुधार भएको छ : अर्थमन्त्री महत
राजश्व संकलनमा सुधार भएको छ : अर्थमन्त्री महत अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका छन् ।
आइतबार सुनचाँदीको मूल्य कति ? 
आइतबार सुनचाँदीको मूल्य कति ?  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक तोला सुनको मूल्य एक लाख १२ हजार ३ सय पुगेको जनाएको छ । 
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । 
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ ।
युवालाई स्वदेशमै रोजगारी दिनेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
युवालाई स्वदेशमै रोजगारी दिनेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् ।
शनिबार तरकारी र फलफूलको मूल्य कति ?
शनिबार तरकारी र फलफूलको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो विनिमय दरको सूची, कुन देशको मुद्राको भाउ कति ?
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो विनिमय दरको सूची, कुन देशको मुद्राको भाउ कति ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ ।
सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक रूपान्तरण सम्भव छ : प्रधानमन्त्री प्रचण्ड 
सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक रूपान्तरण सम्भव छ : प्रधानमन्त्री प्रचण्ड  काठमाडौंमा शुक्रबार आयोजित नेपाल उद्योग परिसङ्घको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष्य हासिल गर्न सकिने भन्दै आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न नसक्ने बताएका हुन् ।
सरकारले चासो र ग्यारेन्टी लिनपर्‍यो, जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ : डीपी अर्याल
सरकारले चासो र ग्यारेन्टी लिनपर्‍यो, जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ : डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्यालले सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्ने बताएका छन् । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको भन्दै उनले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु...
दुई अर्ब बढी लगानीमा दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने
दुई अर्ब बढी लगानीमा दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । 
शुक्रबार सुन तोलाको एक लाख ११ हजार ८ सयमा कारोबार
शुक्रबार सुन तोलाको एक लाख ११ हजार ८ सयमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार नेपाली बजारमा छापावाल एक तोला सुनको मूल्य एक लाख ११ हजार ८ सयमा कारोबार भइरहेको जनाएको छ ।
Weather Update