
नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार बुधबार, भदौ २७, २०८० शेयर बजारको चौथो दिन कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार भने तीव्र उचारचढावका बीच परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो।

घट्यो सुनको मूल्य, ताेलाकाे कति ? बुधबार, भदौ २७, २०८० नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार ८ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ? बुधबार, भदौ २७, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४६ पैसा रहेको छ।

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट मंगलबार, भदौ २६, २०८० म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ९८ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ९२ प्रतिशतले घटेको छ । बैंकिङ समूह शून्य दशमलव ४३, विकास बैंक एक दशमलव ४४,...

शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित मंगलबार, भदौ २६, २०८० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।
मंगलबार कति रुपैयाँमा हुँदैछ सुनचाँदीको कारोबार ? मंगलबार, भदौ २६, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जनाएको छ ।

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार? मंगलबार, भदौ २६, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४२ रुपैयाँ २४ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेप्सेमा सकारात्मक संकेत, यी कम्पनीका शेयर मूल्य बढ्यो सोमबार, भदौ २५, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । सोमबार कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज सोमबार, भदौ २५, २०८० अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

एक सयले बढ्यो सुनको मूल्य सोमबार, भदौ २५, २०८० नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, भदौ २५, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन सोमबार, भदौ २५, २०८० सीडीएसका अनुसार लगानीकर्ताले आज भदौ २५ गते कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यसमा भदौ २४ गते साँझ ५ः०७ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ ।