एक सयले बढ्यो सुनको मूल्य
काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० ११:२६