तरकारी र फलफूल किन्नुअघि मूल्य थाहा पाउनुहोस्शुक्रबार, भदौ २९, २०८०

बढ्यो अमेरिकी डलर, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार? शुक्रबार, भदौ २९, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।

मिड सोलुको आईपीओ निष्कासन शुक्रबार, भदौ २९, २०८० कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।
तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्यो बिहीबार, भदौ २८, २०८० हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । बजारमा विशेषगरी कपडा, चुरा, पोते, खाद्यन्न समान किनमेल गर्नेको बिहानैदेखिे भीड लाग्ने गरेको छ ।

हराउँदै गएको कोदो खेतीको संरक्षणमा जुटे म्याग्दीका तीगाउँवासी बिहीबार, भदौ २८, २०८० घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो...

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै बिहीबार, भदौ २८, २०८० माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मंसिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै बिहीबार, भदौ २८, २०८० पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो ।
यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट चाहिँदैन : मेयर बालेन बिहीबार, भदौ २८, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् ।

बाजुराको खाद्य डिपोमा चामल सकियो, ढुवानी ढिलो भए दसैँमा पनि नपाइने बिहीबार, भदौ २८, २०८० खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो ।
![यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित] बिहीबार, भदौ २८, २०८० जसअनुसार भारतीय एक सय रुपैयाँको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर...
1684206856.jpg)
व्यावसायिक फूल खेतीमा युवा, तिहारमा २० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, भदौ २७, २०८० लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।

अर्थतन्त्रलाई गम्भीर रूपमा नलिए अप्ठेरो स्थिति आउनसक्छ : प्रधामन्त्री दाहाल बुधबार, भदौ २७, २०८० ‘म प्रधानमन्त्री हुँदै गर्दा एउटा आतंक थियो । नेपालमा अर्थतन्त्र पतन भयो अथवा नेपाल श्रीलंका भई नै सक्यो भन्या जस्तो थियो । कम्तिमा अहिले त्यस्तो छैन । अहिले हामीले जे पहल गरेका छौं त्यो आतंक चाहीँ छैन तर अर्थतन्त्र चर्को दबाबमा अहिले पनि छ,’ उनले थपे, ‘अर्थतन्त्र सहज भइसक्यो भन्ने...

सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो : अर्थमन्त्री महत बुधबार, भदौ २७, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताएका छन् । दोस्रो चरणको आर्थिक सुधारका क्रममा थालिएका नीतिगत तथा संरचनागत परिवर्तनका प्रयासबाट रुष्ट भएकाले असहयोग गरिरहेको उनको भनाइ छ ।