News Griha :: न्यूजगृह
तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्यो

दाङ— हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । बजारमा विशेषगरी  कपडा, चुरा, पोते, खाद्यन्न समान किनमेल गर्नेको बिहानैदेखिे भीड लाग्ने गरेको छ ।

तुलसीपुर बजारमा फेन्सी कपडाको पसल गदै आएकी ३६ वर्षीय शारदादेवी ओलीले भनिन्,‘एक हप्ता भयो बजारमा चहलपहल बढेको छ । अहिले किनमेलका लागि बिहानैदेखि गाउँगाउँबाट सर्वसाधारण पसलमा आउने गरेका छन् । कपडा बेच्न भ्याइनभ्याइ छ ।’

गत वर्ष बिरामी परेकाले तीजमा रमाइलो गर्न पाइएन, यसपटक भने साथीसँग बसेर नाचगान गर्ने, शिव मन्दिरमा पूजा गर्ने  योजना बनाएको उनको भनाइ थियो  ।

उनले तीजको लागि आवश्यकपर्ने कपडा, चुरा, टीका, पोते तथा खाद्यन्न सामग्री किनिसकेकोसमेत जानकारी दिइन् ।

तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारीले विगतका वर्ष भन्दा यसपटक राम्रो व्यापार व्यवसाय भएको सुनाइन् ।

तीज पर्व नजिकिँदै गर्दा जिल्लाका विभिन्न संघसंस्थाले दर खाने, तीज मिलनजस्ता कार्यकम  आयोजना गरेका छन् । यसवर्ष असोज १ गते तीज पर्व परेको छ । त्यसको अघिल्लो दिन राति दर खाने चलन छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:२५
Weather Update