कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश— पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु शुक्रबार, साउन १२, २०८०

हेपाटाइटिस : के हो ? कसरी बच्ने ? र रोकथामका उपायहरू शुक्रबार, साउन १२, २०८० स्वस्थ जीवनका लागि कलेजोको महत्वलाई बुझाउन यो वर्ष “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ विश्व हेपाटाइटिस दिवस मनाइँदै छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । यस रोगको भाइरसले कलेजोको संक्रमण गराउने हुँदा मानिसको कलेजोमा प्रत्यक्ष असर गर्नुका साथै...

शैलुङ : प्रकृतिको अनुपम छटासँग रमाउन चाहनेहरूका लागि मनमोहक गन्तव्य बिहीबार, साउन ११, २०८० समुद्री सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेको शैलुङलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने शैलुङ वर्षामा कहिले घामसँग त कहिले कुहिरोसँग लुकामारी खेल्छ । दूबोको गलैँचाले सधैँ आगन्तुकलाई शैलुङले स्वागत गर्छ । अनि विभिन्न जातका फूलले सत्कार गरिरहेको हुन्छ । शैलुङलाई बौद्ध धर्मावलम्बीले...

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै बुधबार, साउन १०, २०८० सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरूप भवन बनाउन लागिएको हो । मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने लक्ष्य लिइएको छ।
1690279103.jpg)
सन् २०३० सम्ममा शून्य भोकमरीको अवस्थामा पुग्न कठिन : प्रधानमन्त्री प्रचण्ड मंगलबार, साउन ९, २०८० संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेसन्स फुड सिस्टम्स सिस्टम्स–२०२३ मोमेन्ट’मा सहभागी हुन रोम पुगेका उनले आज दोस्रो दिन ‘व्यवहारमा खाद्य प्रणाली परिवर्तन’ सम्बन्धी सत्रमा मुख्य वक्ताको रुपमा बोल्दै उनले दिगो विकास लक्ष्य अनुरूप शून्य स भोकमरीको अवस्थामा पुग्ने लक्ष्य पुरा हुने सम्भावना...

‘पढ्दै कमाउँदै कार्यक्रम’ प्रभावकरी, प्रअ भन्छन्— तरकारी खेतीबाट विद्यार्थीलाई पढाउन सहज मंगलबार, साउन ९, २०८० रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत तरकारी खेती गरेका छन् ।

पर्याप्त वर्षा नहुँदा मध्य तराईका धेरै जिल्लामा अझै पनि रोपाइ हुन सकेन सोमबार, साउन ८, २०८० मध्य तराईका धेरै जिल्लामा पर्याप्त वर्षा नहुँदा धान रोपाइले गति लिन सकेको छैन । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका— ३ वनिगामा पनि पर्याप्त वर्षा नहुदाँ किसानहरू मारमा परेका छन् । वनिगामा यतिखेर धान रोपाइ सकिसक्नुपर्ने हो तर पानीको अभावमा किसानहरूले रोपाइको मेसो अझै पाउन सकेको छैनन् ।

ज्यामिस्वाँरामा व्यावसायिक रेशम कीराको खेती सोमबार, साउन ८, २०८० गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूह मार्फत रेशम कीराको खेती गर्न सुरु गरेको उनले बताए । ‘पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पुर्याउने उद्देश्यले फलामका ‘र्याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ,’ शाखा प्रमुख रोकाले भने, ‘त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले...

सामुदायिक विद्यालयमा आकर्षण सोमबार, साउन ८, २०८० ‘सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ जहाँ नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि स्थान छैन’

मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ शनिबार, साउन ६, २०८० कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ ।...

मनाङमा यार्तुङ मेला सुरु शनिबार, साउन ६, २०८० मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए । ‘विशेष गरी नाचेर पर्व मनाउने गरिन्छ,’ उनले भने, ‘यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाइ सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।’ सबै बसाइँसराइले...

‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य बुधबार, साउन ३, २०८० पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आर्कषक संरचना निर्माण गरिँदै छ । ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए ।

एक करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गर्दै हतुवागढी बुधबार, साउन ३, २०८० एक करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।