‘काम गर, सफलता पछि–पछि आउँछ’आइतबार, असार २४, २०८०

पीसीएल नर्सिङको लफडा के हो ? शनिबार, असार २३, २०८० यता सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैगरी, नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले हरेक पालिकामा ५ देखि १० शय्याको आधारभूत अस्पताल निर्माण गरिरहेको छ । फेरि, सरकारले आफैँले रोजगारीको अवसर भन्दै नर्सहरूलाई बेलायत पठाइरहेको छ । यसरी भएका नर्स पनि...

नेपालमा कति विश्वविद्यालय आवश्यक ? बुधबार, असार २०, २०८० हाल मुलुकमा १३ विश्वविद्यालय सञ्चालनमा छन् । ती विश्वविद्यालयमध्ये अधिकांशले शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न सकेका छैनन् । गुणस्तरीय शिक्षा दिन नसक्दा र शैक्षिक सामग्री तथा दक्ष जनशक्तिको अभावले विश्वविद्यालय थलिएको अवस्थामा छन् ।

दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता बुधबार, असार २०, २०८० पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रु पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो ।

ललितपुर महानगरको घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा बुधबार, असार २०, २०८० ललितपुर महानगरका ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ ।

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली बुधबार, असार २०, २०८० जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबासमा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् ।

दुर्गमको अब्बल सामुदायिक विद्यालय बुधबार, असार २०, २०८० साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । हाल कक्षा ९–१२ मा बाली विज्ञान विषयमा पढाइ हुने ऐसेलु भूमे नेपाल सरकारको ‘नमूना विद्यालय’ छनोटमा परेपछि पूर्वाधार विकास र शैक्षिक उन्नयनमा व्यापक सुधारसहित फड्को मार्न...

गाउँघरमा देखिन छाडे हलगोरु मंगलबार, असार १९, २०८० असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रूपमा गोरुको...

अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण मंगलबार, असार १९, २०८० गर्मीयाममा तराई र पहाडी जिल्लामा सर्पदंशका घटना बाक्लै हुने गरेका छन् । सर्पदंशबाट कैयनले अकालमा ज्यान गुमाउनु परिरहेको छ । उपचारका लागि दर्जनौँ केन्द्रहरू सञ्चालनमा रहे पनि अन्धविश्वास र लापरबाहीका कारण धेरैजसो बिरामीले छिटो उपचारमा नपुग्दा जीवन गुमाउनु परिरहेको छ ।

किसानलाई मल अभाव मंगलबार, असार १९, २०८० बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो ।

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली मंगलबार, असार १९, २०८० बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।
आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग मंगलबार, असार १९, २०८० चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे तीन लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो ।

सुनसान बन्दै लमजुङका घरबास सोमबार, असार १८, २०८० वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् ।