अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्त्विक महत्वका कलाकृति फिर्ता ल्याइँदैसोमबार, असार ११, २०८०

नेपालीहरूले कोरियाबाट फर्केपछि घर–गाडीमा गरेको लगानीप्रति कोरियाली राजदूतद्वारा चिन्ता व्यक्त सोमबार, असार ११, २०८० नेपालीहरू स्वदेश फर्केपछि अहिले घर र गाडीमा लगानी गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उनले त्यसको साटो रोजगारी सिर्जना गर्दा देश र जनताका साथै सम्बन्धित व्यक्तिलाई पनि फाइदा हुनसक्नेमा जोड दिए ।

मणिपुर हिंसात्मक द्वन्द्वमा १३१ जनाको मृत्यु, हजारौँ विस्थापित सोमबार, असार ११, २०८० भारतको उत्तरी मणिपुर राज्यमा ५४ दिनदेखि जारी हिंसात्मक द्वन्द्वमा एक सय ३१ जनाको मृत्यु भएको छ । मणिपुरको मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक द्वन्द्वमा चार सय जनाभन्दा बढी घाइते भएका छन् । यस्तै, ५० हजार मानिसले आफ्नो घर छाडेका छन् ।

प्रतिकार्यमा हुनुपर्ने विपद् प्राधिकरण राहत र उद्धारमै सीमित आइतबार, असार १०, २०८० नेपाल बाह्रै महिना विपद्को लागि जोखिमयुक्त मुलुक मानिन्छ । विश्वको विपद् जोखिममा नेपाल २०औँ स्थानमा पर्छ । भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, डढेलो, लू र हिमपहिरो नेपालमा सधैँभरि आइरहने विपद्हरू हुन् । जब हरेक वर्ष यस्ता विपत्ति आइपर्छन् भने त्यसको प्रतिकार्यको लागि प्राधिकरणले काम गर्नुपर्थ्यो । तर, प्राधिकरण त्यसमा चुक्दै...

‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’ आइतबार, असार १०, २०८० मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्र बसाइँसरी आउनेले आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो ।

जापानमा २०२२ मा ८४ हजार ९१० जना बेपत्ता आइतबार, असार १०, २०८० जापानमा हराउने व्यक्तिहरूको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ ।

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग आइतबार, असार १०, २०८० तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दुरी कम पर्दछ ।

कमला किनारमा बाढी पर्खिरहेका माझी आइतबार, असार १०, २०८० नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररूप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरु त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरू पनि बगर छोड्ने सुरसारमा छन् । हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूको सङ्ख्या पातलिँदै गएको छ भने नदी...

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित आइतबार, असार १०, २०८० गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधान यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ ।
वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रुसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा शनिबार, असार ९, २०८० रुसमा वाग्नर लडाकू समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रुसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

नागरिकताका लागि सङ्घर्ष गर्दै दलित समुदाय शनिबार, असार ९, २०८० नागरिकताको लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म धाउँदै आए पनि नागरिकता पाउन नसकिएको नागरिकताविहीनकाे गुनासाे छ ।

कालीगण्डकी नदी किनारमा पैदलमार्ग शनिबार, असार ९, २०८० कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ ।

झोलुङ्गे पुलमा झुम्मिँदै विदेशी शनिबार, असार ९, २०८० गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थितआँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ । गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन् ।