आजको मौसम : तराई र उपत्यकामा हुस्सु र कुहिरो बिहीबार, मंसिर २७, २०८१

सबैजसो विदेशी मुद्रा सस्तिए बिहीबार, मंसिर २७, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ।

एनपीएलमा आज विराटनगरले पोखरा तथा काठमाडौंले जनकपुरसँग खेल्ने बिहीबार, मंसिर २७, २०८१ दुवै टोली अंकतालिकाको पुछारमा छन्। चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौंस्थानमा छ। दुवैले आज पाँचौं खेल खेल्दैछन्। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन।

काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस बिहीबार, मंसिर २७, २०८१ आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ।

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु बिहीबार, मंसिर २७, २०८१ जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर ३ कटकेतर्फ जाँदै गरेको ग३च ९४४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।

अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए बुधबार, मंसिर २६, २०८१ तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ। आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको छ।

रवि लामिछानेलाई उच्च रक्तचाप बुधबार, मंसिर २६, २०८१ पोखरा ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए। फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेको रास्वपाका नेताहरूले बताएका छन्। तर, लामिछाने भने हिरासतमा नै फर्किएका छन्।

सरकारले रोजगार दिने होइन‚ वातावरण बनाइदिने मात्र हो : मन्त्री भण्डारी बुधबार, मंसिर २६, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकारले रोजगार दिने नभई रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडाउन रोक बुधबार, मंसिर २६, २०८१ निकुञ्ज कार्यालयले अनियन्त्रित रुपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो।

झाँकी प्रदर्शनसहित कार्यक्रममा उपस्थित हुन काठमाडौं महानगरको निर्देशन बुधबार, मंसिर २६, २०८१ काठमाडौं महानगरपालिकाले ३० औं महानगर दिवसको कार्यक्रम न्यूनतम ५० जनाको सङ्ख्यामा झाँकी प्रदर्शनसहित उपस्थित हुन सबै वडालाई निर्देशन दिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै ब्यानरसहित आआफ्नो मौलिक र परम्परागत भेषभूषा, बाजागाजासहितको झाँकी प्रदर्शनसहित उपस्थित हुन निर्देशन दिएको हो।

रवि लामिछानेलाई कास्की पुर्याइयो, प्रहरी अनुसन्धान पनि अन्तिम चरणमा बुधबार, मंसिर २६, २०८१ लामिछानेबारे अनुसन्धान सकेर प्रहरी अनुसन्धान प्रतिवेदन तयारीमा जुटेको छ। एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ। उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ ।

अहिलेको आर्थिक प्रगतिसँग अर्थमन्त्री नै सन्तुष्ट छैनन् बुधबार, मंसिर २६, २०८१ अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरू जस्तै आफू पनि सन्तुष्ट नरहेको बताए।
-1732007907.jpg)
दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता बुधबार, मंसिर २६, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो ।