News Griha :: न्यूजगृह
रसुवागढी नाकाबाट आयात सुरु
रसुवागढी नाकाबाट आयात सुरु मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा अदालतले दिएन अन्तरकालीन आदेश
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा अदालतले दिएन अन्तरकालीन आदेश डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीको लाइन नकाट्न माग गर्दै परेको रिट निवेदनमा उच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ।
किसानले पाल्न छोडे हलगोरु, आधुनिक हलोले जोत्छ खेतबारी
किसानले पाल्न छोडे हलगोरु, आधुनिक हलोले जोत्छ खेतबारी एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर अचेल जनशक्ति अभावमा मिनिटेलर (आधुनिक हलो) बाटै हुन थालेको छ।
१३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत
१३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो।
तीन हजार १७५ गुम्बालाई मान्यता प्रदान
तीन हजार १७५ गुम्बालाई मान्यता प्रदान बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार १७५ गुम्बालाई मान्यता दिएको छ। देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी एक सय पाँच गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो।
डेडिकेटेड र ट्रंकलाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकार
डेडिकेटेड र ट्रंकलाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकार सरकारले विद्युत्‌ महसुल बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए। 
नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने
नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाललाई इतिहास रच्ने अवसर
नेपाललाई इतिहास रच्ने अवसर साफ महिला च्याम्पियनसिपको फाइनलमा आज  घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ।  खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा। यो गत संस्करणको फाइनलको रिप्ले पनि हो।
आज काग तिहार
आज काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ।
नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो 
नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो  अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।
लिग–२  क्रिकेटः नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने
लिग–२  क्रिकेटः नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ। 
समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताले फिर्ता पाए शतप्रतिशत रकम
समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताले फिर्ता पाए शतप्रतिशत रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ। 
Weather Update