News Griha :: न्यूजगृह
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ सन्ध्या थियटरमा 'पुष्पा २' को प्रिमियरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो। डिसेम्बर ४ मा ३५ वर्षीया महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए। 
एनपीएल: विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
एनपीएल: विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे। उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए। यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे। यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ। 
४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति
४ सय अर्ब डलर नाघ्यो इलन मस्कको सम्पत्ति इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ। सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो। यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर पुर्‍याएको छ।
एनपीएल क्रिकेटः कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित
एनपीएल क्रिकेटः कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनमा समेटियो। लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रनको योगदान दिए। ३५ बल खेलेका उनले चार चौका र एक छक्काको सहयोगमा ३६ रन जोडेका हुन्। 
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा अवरोध नगर्न भन्दै सर्वोच्च अदालतले पत्राचार गरेको छ । बालुवाटारस्थित सचिवालयलाई पत्र लेख्दै निर्वाचन सहितको महाधिवेशनका लागि सहयोग गर्नुपर्नेमा कार्यालय नै बन्द गरिएको भन्दै सर्वोच्चले त्यसको कारणसमेत माग गरेको छ। 
प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च
प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा जाँदा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ खर्च भएको छ। अर्थ मन्त्रालयले उक्त रकम गत कात्तिक महिनामा परराष्ट्र मन्त्रालयको नाममा निकासा गरेको छ।
अब निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधा
अब निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधा काम गरेकाहरुको सक्कल शैक्षिक लब्धांक पत्र राख्न नपाइने तथा अनुभवको प्रमाणपत्र दिनुपर्ने व्यवस्था गरी लागू गर्न मन्त्रालयले पत्राचार गरेको छ। यसका अलावा मन्त्रालयले न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि नर्सिङ तथा स्वास्थ्य जनशक्तिलाई बैंकबाट मात्र पारिश्रमिक उपलब्ध गराउन पनि पत्राचार गरेको छ । 
प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा, एनपीएलका केही खेल हेर्ने
प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा, एनपीएलका केही खेल हेर्ने लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न काठमाडौं आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपीएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि ८ घण्टामात्रै बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि ८ घण्टामात्रै बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी १ (पुस १७) गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण कार्यलाई ११ बजे सारिएको र बिहान ८ बजेसम्म हुने निर्माण कार्यलाई एक घण्टा छोट्याएर ७ बजेमा झारिएको बताए।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु रौतहटको गौर नगरपालिका–६ सवगडास्थित सडकमा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल चालक गौर नगरपालिका–६ सवगडा बस्ने २२ वर्षीय सुरज साहको मृत्यु भएको छ।
५ देशमा राजदूत नियुक्त, को कहाँ?
५ देशमा राजदूत नियुक्त, को कहाँ? राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्। 
माओवादी स्थायी समिति बैठक सुरु
माओवादी स्थायी समिति बैठक सुरु ‘अहिले १२ बजेबाट बैठक सुरु भएको छ,’ उनले भने। बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलोगरी सुरु भएको हो। बुधबार दिउँसो ३ बजे नै बस्ने भनिएपनि अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले आजलाई बैठक सारिएको थियो।
Weather Update