News Griha :: न्यूजगृह
एनपीएलमा आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा तीन टिम
एनपीएलमा आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा तीन टिम नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुँदै छन्। त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले प्रतिस्पर्धा गर्दै छन्। प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि ...
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि ... भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ। आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ।
मुगुमा एक महिलाले ६ बच्चा जन्माएको हल्ला मात्र
मुगुमा एक महिलाले ६ बच्चा जन्माएको हल्ला मात्र बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको, उनको छेवैमा ६ शिशुहरू लस्करै राखिएको र बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको देखियो, कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् । धेरैले यही तस्बिरसहित यस्तै आशयको स्टाटस पोस्ट र शेयर गरिरहेको देखिन्छ।
एनपीएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ
एनपीएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो। कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे।
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए, तीन जना पक्राउ
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए, तीन जना पक्राउ उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
अल्लू अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा पठाउन आदेश
अल्लू अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा पठाउन आदेश भारतीय कलाकार अल्लू अर्जुनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भएको छ। तेलंगनाको एक स्थानीय अदालतले शुक्रबार उनलाई १४ दिनका लागि हिरासतमा पठाउन आदेश दिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
३५ वर्षपछि टीकापुर विमानस्थल सञ्चालनमा, तारा एअरले व्यवसायिक उडान गर्ने
३५ वर्षपछि टीकापुर विमानस्थल सञ्चालनमा, तारा एअरले व्यवसायिक उडान गर्ने २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल मंसिर ३० गतेदेखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो यसका लागि नगरपालिकाले तारा एअर र यती एअरलाइन्ससँग सहकार्य र समन्वय गरेको छ।
वामदेवले मागे प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा, ओलीले के दिए जवाफ?
वामदेवले मागे प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा, ओलीले के दिए जवाफ? प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वामदेव गौतमसँगको फोनमा भएको कुराकानीबारे सुनाए। एमाले अध्यक्षसमेत रहेका ओली आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा सहभागी थिए। सोही मञ्चबाट बोल्दै उनले वामदेव गौतमसँग शुक्रबार नै भएको कुराकानीबारे केही कुरा सुनाएका हुन्।
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ।
विराटनगरले चितवनलाई हरायो, प्लेअफको झिनो सम्भावना कायमै
विराटनगरले चितवनलाई हरायो, प्लेअफको झिनो सम्भावना कायमै यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ। चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ। ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ। चितवनले अब लिगको अन्तिम खेलमा शनिबार प्लेअफमा छनोट भइसकेको जनकपुर...
हिउँबिनाको हिमशृङ्खला
हिउँबिनाको हिमशृङ्खला पोखरा महानगरपालिकाको गगनगौँडाबाट शुक्रबार देखिएको हिउॅबिनाको अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको दृश्य ।
एमालेलाई मीनबहादुरको जग्गादान विवाद पूर्ण सुनुवाइमा
एमालेलाई मीनबहादुरको जग्गादान विवाद पूर्ण सुनुवाइमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा परेको रिट सर्वोच्च अदालतको पूर्ण सुनुवाइमा प्रवेश गरेको छ। शुक्रबार अन्तरिम आदेशबारे निर्क्योल गर्न पेसी तोकिएको भए पनि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलामले दुवै तर्फको लिखित जवाफ परिसकेको भन्दै पूर्ण सुनुवाइ अघि बढाएको...
Weather Update