News Griha :: न्यूजगृह
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन्।नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई शुक्रबार सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए।
१२ सय रुपैयाँले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार?
१२ सय रुपैयाँले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार? बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला  एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सहकारी प्रकरणः लेखा समिति सभापति पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
सहकारी प्रकरणः लेखा समिति सभापति पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो। सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ।
मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुने
मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुने जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स  र चितवन राइनोजबीच हुनेछ। पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ।
श्रीलङ्काका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
श्रीलङ्काका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु संसदीय सुनुवाइ समितिले शुक्रबार एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ।
गृहले गर्‍यो १० डीआईजीको सरूवा, कसलाई कहाँ खटाइयो?
गृहले गर्‍यो १० डीआईजीको सरूवा, कसलाई कहाँ खटाइयो? नेपाल प्रहरीका १० जना जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरूवा भएको छ। गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी १० डीआईजीहरुको सरूवा गरेको हो।जसअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग सरूवा गरिएको छ।
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले तय गरेको मूल्य अनुसार अमेरिकी डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ।
सगरमाथा क्षेत्रमा उडान नरोक्ने वायुसेवा सञ्चालक सङ्घको निर्णय
सगरमाथा क्षेत्रमा उडान नरोक्ने वायुसेवा सञ्चालक सङ्घको निर्णय साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ। गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो।
काठमाडौंमा हिजोको तुलनामा आज झन् जाडो
काठमाडौंमा हिजोको तुलनामा आज झन् जाडो काठमाडौं उपत्यकामा बिहान हुस्सु पनि लागेको छ। हुस्सु तराईका जिल्लामा पनि देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले काठमाडौंमा न्यूनतम तापक्रम घट्ने र हुस्सु लाग्ने बाहेक अरु उल्लेख्य मौसमी प्रणाली नभएको बताइन्।
काठमाडौं उपत्यका र तराईमा हुस्सुको सम्भावना
काठमाडौं उपत्यका र तराईमा हुस्सुको सम्भावना बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
लोप हुँदै लालुपाते
लोप हुँदै लालुपाते तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आएका पुष्पराज अधिकारीले बताए। उनका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो।
Weather Update