अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छः प्रचण्ड बिहीबार, मंसिर २७, २०८१

रविलाई ९ दिन म्याद थप गर्न माग बिहीबार, मंसिर २७, २०८१ रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ।प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो। अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ।

एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुँदैन: विष्णु पौडेल बिहीबार, मंसिर २७, २०८१ नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीको अब हुने ११ औं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्। अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा निर्वाचनको कुनै सम्भावना नदेखिएको पौडेलको भनाइ छ। एमालेको १० औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो। त्यसबेला भीम रावललाई...
-1733979738.jpg)
सुपर ओभरमा पोखरा विजयी, प्लेअफ नपुग्ने दोस्रो टोली बन्यो विराटनगर बिहीबार, मंसिर २७, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ। पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने दोस्रो टोली बनेको छ।

मन्त्रिपरिषद्को बैठक बस्दै बिहीबार, मंसिर २७, २०८१ चीन भ्रमणबाट फर्किएपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भ्वाङ परेको कमलादी सडकखण्ड आजबाट सञ्चालनमा बिहीबार, मंसिर २७, २०८१ काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारिसाधन गुड्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् ।

सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी बिहीबार, मंसिर २७, २०८१ नेकपा एकीकृत समाजवादीको बिहीबारको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ। बिहीबार अपरान्ह केन्द्रीय कार्यालयमा हुने बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछन्।

प्रसाईंको बयान: कम्बोडियामा ओलीको लगानीबारे कागजात मैले बनाएको होइन, उतै बस्ने नेपालीले पठाएका हुन् बिहीबार, मंसिर २७, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्।कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले बोलेको प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंले लिएको बयानमा भनेका हुन्।

बिहीबार सुनचाँदीको भाउ स्थिर बिहीबार, मंसिर २७, २०८१ नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्व पनि घट्यो बिहीबार, मंसिर २७, २०८१ त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको...
-1733979738.jpg)
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य बिहीबार, मंसिर २७, २०८१ विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे।

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै बिहीबार, मंसिर २७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ। सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो।

सन् २०३४ को विश्वकप फुटबल आयोजना साउदी अरेबियाले गर्ने बिहीबार, मंसिर २७, २०८१ सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ। ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८ देशीय विश्वकप हुनेछ।