घट्ने भयो सिमेन्टको मूल्य बुधबार, मंसिर २६, २०८१
-1716205509.jpg)
कांग्रेसका ८ भ्रातृ संस्थाको महाधिवेशन गर्न देउवाले बनाए निर्देशन समिति बुधबार, मंसिर २६, २०८१ सभापति देउवाले बुधबार नेपाल दलित संघ, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल भूपू सैनिक संघ, लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको निर्देशन समिति संयोजक र सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

लगातार ५ दिन घटेको नेप्सेमा सुधार, झण्डै ४६ अंकको वृद्धि बुधबार, मंसिर २६, २०८१ अघिल्लो दिनको तुलनामा यो १.७१ प्रतिशतले बढी हो । मंगलबार नेप्से २ हजार ६ सय ६९.८२ विन्दुमा बन्द भएको थियो । सो दिन कारोबारमा आएकामध्ये ११२ वटा कम्पनीको शेयरमूल्य बढ्यो, २८ वटाको घट्यो भने बाँकी ३ वटा कम्पनीको स्थिर रहयो ।

एनपीएलबाट बाहिरियो लुम्बिनी लायन्स बुधबार, मंसिर २६, २०८१ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे ।

छानबिन सुरु भएपछि राजीनामा दिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, मंसिर २६, २०८१ सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तीन दिनमा ४ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार? बुधबार, मंसिर २६, २०८१ नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार सय रुपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रुपैयाँ र बुधबार प्रतितोला दुई हजार रुपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रुपैयाँ बढेको हो।

इजरायली सेनाले सिरियामा गर्यो ४८० वटा हमला बुधबार, मंसिर २६, २०८१ इजरायली आक्रमण बढिरहेका बेला सिरियाली शरणार्थीलाई जबरजस्ती फिर्ता गर्न नहुने बेलायतको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। राष्ट्रपति बसर अल असदको अपदस्थपछि विद्रोही समूहले भने शरणार्थीहरूलाई फिर्ता हुन आग्रह गरिरहेका छन्। यस्तै मोहम्मद अल-बसिर अन्तरिम प्रधानमन्त्री नियुक्त भएसँगै सानो मन्त्रिपरिषद्को नेतृत्वमा पहिलो बैठक बसेको छ ।
-1733892215.jpg)
मोटरसाइकल दुर्घटनामा कलाकार महराको मृत्यु बुधबार, मंसिर २६, २०८१ मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो। लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

बादल र डाँडापाखाको मनमोहक दृश्य बुधबार, मंसिर २६, २०८१ अछाम सदरमुकाम मङ्गलसेनबाट बुधबार बिहान देखिएको बुढिगङ्गा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली।

नेपाल र भारतबीच असमान भन्सार मूल्याङ्कन प्रणाली हुँदा चोरी–तस्करी बढ्दो बुधबार, मंसिर २६, २०८१ नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढीरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

भारतले सिरियाबाट आफ्ना ७५ नागरिकलाई स्वदेश ल्याउँदै बुधबार, मंसिर २६, २०८१ भारतले सिरियामा रहेका ७५ जना भारतीय नागरिकलाई विमानबाट स्वदेश ल्याउने भएको छ। भारतको विदेश मन्त्रालयले गए राति सबै भारतीय सुरक्षितरूपमा लेबनान पुगेको र उनीहरू व्यावसायिक उडानबाट भारत फर्किने बताएको छ।

कैलालीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु बुधबार, मंसिर २६, २०८१ कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुस्ताङमा खोला नै जम्नथाले‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्यो बुधबार, मंसिर २६, २०८१ जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यातायात भने सञ्चालनमा नै रहेको र सीमानाका खुला रहे पनि उपल्लो मुस्ताङ क्षेत्रका बासिन्दा मौसमबाट प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रहरीको टोली नियमित रूपमा कोरला नाकासम्म गस्तीमा जाने गरेको छ।