News Griha :: न्यूजगृह
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौं— विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो।

विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे।

बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए।

पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १०:४४
Weather Update