एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं— कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।
पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ। पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ।
चितवन कुशल मल्लको कप्तानीमा छ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ। लुम्बिनी लायन्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरे।
जनकपुर एक खेल अघि नै प्लेअफमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ ०७:३९